
४ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै छ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान १० बजे बस्ने प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।
आजको संसद बैठकमा माओवादी केन्द्रका सांसदहरुले खेल्ने भूमिकाबारे बैठकमा छलफल हुन लागेको उनले बताए । बैठकमा संसदीय दलका नेता समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउँदै आवश्यक निर्देशन दिने छन् ।
आज दिउँसो एक बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । सो बैठकमा एमसीसी टेबुल गर्ने तयारी छ । एमसीसीविरुद्धको जनमतका कारण माओवादी नेतृत्वलाई भने एमसीसी संसदबाट पास नगर्न दबाव छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4