+
+

सलोनले सार्वजनिक गरे प्रेमिका

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ४ गते १३:०९

४ फागुन, काठमाडौं । अभिनेता सलोन बस्नेत अभिनयका कारण जसरी चर्चामा रहन्छन् त्यसैगरी उनको प्रेम सम्बन्ध पनि गसिप बजारमा चर्चामा रहन्छ ।

सलोनले पनि आफ्नो प्रेम सम्बन्धलाई लुकाउने गरेका छैनन् । यसैबीच, सलोनले आफ्नी प्रेमिका सार्वजनिक गरेका छन् । सलोन केही समयदेखि करिश्मा केसीको प्रेममा छन् । सलोनले प्रेम दिवसको अवसरमा करिश्मासँगको तस्वीर सार्वजनिक गरेका हुन् ।

सलोनले सार्वजनिक कार्यक्रममा पनि आफू प्रेममा रहेको खुलाउँदै आएका थिए । तर उनले युवतीको नाम भने खुलाएका थिएनन् । यसअघि सलोनको प्रेम चलचित्र क्षेत्रसँगै जोडिएका कलाकारसँग थियो । तर यसपटक भने उनी चलचित्र क्षेत्रभन्दा बाहिरकी युवतीसँगको प्रेममा छन् ।

नेपाली चलचित्रमा सलोन बस्नेतलाई ‘चट्नी नायक’को रुपमा चिनिन्छ । उनी एकल भूमिकामा चलचित्र होल्ड गर्ने क्षमता राख्दैनन् भन्ने सोचिन्छ । तर चलचित्रमा सहनायकको रुपमा देखिंदा भने उनी सधैं चर्चामा रहन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?