+
+

एशियाकै पहिलो महिला टेम्पो चालक लक्ष्मी शर्माको ‘बाडुल्की’  

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ४ गते १६:१९

४ फागुन, काठमाडौं । एशियाकै पहिलो महिला टेम्पो चालक लक्ष्मी शर्माले ‘बाडुल्की’ बोलको गीत सार्वजनिक गरेकी छन् । राम सिटौलाको शब्द तथा संगीत रहेको यो गीतले वैदेशिक रोजगारीको पीडालाइ उजागर गर्ने कोशिश गरेको छ । गीतको एरेन्जर राजु कार्की हुन् ।

वसन्त निरौलाले निर्देशन गरेको गीतको भिडियोमा दयाराम सापकोटा र पवित्रा आचार्यले अभिनय गरेका छन् ।

लक्ष्मी २०३७ सालमा नै टेम्पो चलाएर एशियाकै पहिलो महिला टेम्पो चालक बनेकी हुन् । साथै उनलाई नेपालको ‘बटन क्विन अफ नेपाल’ पनि भन्ने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?