+
+

बलियो मछिन्द्रको लिग च्याम्पियन यात्रा

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७८ फागुन ४ गते १६:२४

४ फागुन, काठमाडौं । साविक विजेता मछिन्द्र एफसीले दुई खेल अगावै शहीद स्मारक ए डिभिजन लिग २०७८ को उपाधि जितेको छ । ११औं खेलमा सातदोबाटो युथ क्लबलाई पराजित गर्दै दोस्रो पटक ए डिभिजनको लिगको उपाधि आफ्नो नाममा बनाएको हो ।

बुधबार नवप्रवेशी सातदोबाटोलाई पराजित गरेपछि मछिन्द्रको उपाधि रक्षा गर्न सफल भएको हो । जरवैजानी खेलाडी नुर्लान नोभ्रुजोभको निर्णायक गोलमा मछिन्द्र एफसीले सातदोबाटो युथ क्लबलाई १-० ले पराजित गर्दै दुई खेल अगावै लिगको उपाधि जितेको छ । ११औं चरणमै उपाधि जित्ने क्रममा मछिन्द्रले ९ खेल जित्यो भने दुई खेल बराबरी खेल्यो ।

प्रदर्शनमा उतारचढाव आए पनि मछिन्द्रले लगातार ११ खेलसम्म अपराजित यात्रा कायम राख्दै उपाधि पक्का गरेको हो । कुनै खेलमा अन्तिम समयको गोलले विजयी हुँदा कुनै खेलमा आत्मघाती गोल उपहार पाउँदा मछिन्द्र भाग्यमानी बन्यो ।

सुनिल बल र विमल घर्तीमगरको स्कोरिङ, विशाल श्रेष्ठको क्लिनसिट, उत्कृष्ट डिफेन्स लाइन, आन्द्रेस नियाको उत्कृष्ट प्रदर्शन अनि प्रशिक्षक प्रवेश कटुवालको रणनीति नै मछिन्द्रको लिग जित्ने मुख्य आधार बन्यो ।

मछिन्द्रले लिग उपाधि रक्षा गर्न नै यस पटक विमललाई क्लबमै राखेको थियो भने राष्ट्रिय टिमका मनिष डाँगी र सुनिल बललाई भित्र्याएको थियो । सुनिलले सुरुवातदेखि नै पहिलो रोजाइमा खेल्दै उत्कृष्ट प्रदर्शन गरे । मनिष भने बेन्च प्लेअर रहे ।

सुरुमा थोरै समय खेले पनि चोटबाट निको भएर मैदान फर्केका विमलले पछिल्ला खेलहरूमा निर्णायक भूमिका निर्वाह गरे । मनिष गत शनिबार च्यासलविरुद्धको खेलमा घाइते भएका थिए । हेड ईन्जुरीपछि अस्पताल लगिएका उनी उपचारपछि मंगलबार डिस्चार्ज भइसकेका छन् ।

जसरी पनि जित्ने रणनीति

मछिन्द्रले यस पटक जसरी पनि लिगको उपाधि रक्षा गर्ने रणनीति बनाएको थियो । त्यसका खेलाडी नयाँ खेलाडीहरू समेत क्लबमा भित्र्याएको थियो । मछिन्द्रले लिग उपाधि रक्षा गर्न सुरुदेखि नै खेल जित्दै जाने रणनिति बनाएको थियो । कुनै खेलमा राम्रो नखेल्दासमेत मछिन्द्र भाग्यमानी बन्दै जित हात पार्न सफल भयो । फ्रेण्ड्ससँगको खेलमा १-० को जित हात पार्दा आत्मघाती गोल उपहार पाएको थियो ।

यस्तै, मनाङ मर्स्याङ्दीविरुद्ध र पुलिसविरुद्ध १-० को जित हात पारेको थियो । मनाङविरुद्ध सुनिल बलले अन्तिम समयमा गोल गरेका थिए ।

सुनिलको गोल, विमलको लय

मछिन्द्रले यसै सिजन क्लब भित्र्याएको खेलाडी हुन् सुनिल बल । अनि चोटबाट निको भएर फर्केका हुन् विमल घर्ती मगर । सुरुका खेलहरूमा सुनिल बल मछिन्द्रको जितमै निर्णायक बने । पछिल्लो दुई खेलमा भने विमल पनि प्रभावशाली बने । सुनिलले लिगमा ६ गोल गरिसकेका छन् र सर्वाधिक गोलकर्तामा अगाडि छन् ।

विमलले पछिल्ला दुई खेलमा लगातार गोल गरे । ब्रिगेड ब्वाइजविरुद्ध दुई गोल र एक गोलका लागि सहयोग गरे । उनले च्यासलविरुद्ध पनि एक गोल र एक गोलको अवसर सिर्जना गरे ।

मच्छिन्द्रको उपाधि यात्रामा गोलकिपर विशाल श्रेष्ठले गज्जबको प्रदर्शन गरे । पहिलो खेलमा एनआरटीविरुद्ध ५४औ‌ मिनेटमा गोल खाएपछि विशालले गोल खाएका छैनन् । उनले लगातार १० खेलमा कुनै गोल खाएनन् ।

विशालको क्लिनसिट रहनुमा मच्छिन्द्रको रक्षापंक्तिको पनि उत्कृष्ट प्रदर्शन रह्यो । देवेन्द्र तामाङ, ओमालाजा करिम, छिरिङ गुरुङ र रञ्जित धिमालको डिफेन्स लाइन पार गर्नु धेरैलाई चुनौती बन्यो ।

करिमसँगै विदेशी खेलाडी आन्द्रेस नियाको प्रदर्शन उत्कृष्ट रह्यो । फरवार्ड नुर्लान नोभ्रजोभले भने सोचे अनुसार खेल्न सकेनन् ।

मछिन्द्रको अहिलेसम्मका नतिजा

मछिन्द्र २-१ एनआरटी, सुनिल बल दुई गोल
मछिन्द्र ०-० आर्मी
मछिन्द्र २-० जवलाखेल, रन्जित धिमाल, सिमान्ता थापा आत्मघाती
मछिन्द्र ३-० हिमालयन शेर्पा सुनिल बल, नुर्लान नोभ्रुजोभ, विमल घर्तीमगर
मछिन्द्र ०-० संकटा
मछिन्द्र १-० मनाङ, सुनिल बल
मछिन्द्र १-० पुलिस, सुनिल बल
मछिन्द्र १-० फ्रेण्ड्स आत्मघाती गोल
मछिन्द्र ४-० ब्रिगेड, विमल २ गोल, रेजिन सुब्बा, अभिषेक रिजाल
मछिन्द्र २-० च्यासल, विमल घर्ती मगर, सुनिल बल
मछिन्द्र १- सातदोबाटो, नुर्लान नोभ्रुजोभ

बाँकी खेल

मछिन्द्र-थ्रीस्टार
मछिन्द्र-एपीएफ

मछिन्द्रका सर्वाधिक गोलकर्ता

सुनिल बल : ६ गोल
विमल घर्तीमगर : ४ गोल
रेजिन सुब्बा : १ गोल
अभिषेक रिजाल : १ गोल
नुर्लान नोभ्रुजोभ : २ गोल
रन्जित धिमाल : १ गोल

मछिन्द्रसँगको खेलका आत्मघाती गोल

फ्रेण्ड्सका रोनेल एन्थोनी पउल
जाउलाखेलका सिमान्त थापा

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?