+
+

ज्यान मुद्दाका दोषी ३७ वर्षपछि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ४ गते १७:३७

४ फागुन, काठमाडौं । प्रहरीले कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भएका एक जनालाई ३७ वर्षपछि पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) टोलीले ललितपुरको गोदावरी नगरपालिका-१० का सुनबहादुर तामाङलाई बुधबार पक्राउ गरेको हो ।

२०४१ सालमा तामाङले ललितपुरको चापागाउँका गणेशबहादुर नगरकोटीको हत्या गरेका र उनलाई जिल्ला अदालत ललितपुरले २०४४ साल जेठ ५ गते दोषी ठहर गरेको सीआईबीका प्रवक्ता श्यामकुमार महतोले जानकारी दिए ।

सीआईबीबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादी पक्राउ गर्न परिचालित टोलीले तामाङलाई चापागाउँबाट पक्राउ गरेको उनले बताए । फैसला कार्यान्वयनका लागि प्रहरीले तामाङलाई जिल्ला अदालत ललितपुरमा बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?