+
+

कोका–कोला मोःमो उत्सवको सातौं संस्करण सुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ४ गते १८:३७

काठमाडौ‌ं । ६ वर्षसम्मको लगातारको सफलतापछि कोका–कोलाले यो वर्ष पनि मोःमो उत्सवको सातौं संस्करण सुरु गरेको छ । कम्पनीका अनुसार कोका–कोला मोःमो उत्सव विश्वव्यापी कोक र खाजाको परम्पराको नेपाली संस्करण हो । जसमा नेपालीहरुको प्रिय खाजा मःम र पेय पदार्थ कोकको स्वादलाई सेलेब्रेट गरिन्छ ।

यो क्याम्पेनका लागि कोका–कोलाले हजारभन्दा बढी रेस्टुरेन्ट अन्य खाजा घरहरुसँग सहकार्य गर्दै आफ्ना उपभोक्ताहरुलाई कम्बो अफर र विशेष छुट प्रदान गर्दै आएको कम्पनीले जनाएको छ ।

कोका–कोला मोःमो उत्सव क्याम्पेन हरेक अंग्रेजी वर्षको सुरुवातमा आयोजना गरिन्छ । यो वर्ष फेब्रुअरी १४ बाट सुरु भएर अप्रिल ५ सम्म यो क्याम्पेन जारी रहने छ ।

कोका–कोला नेपालका कन्ट्री डिरेक्टर आदर्श अवस्थीले भने विश्वव्यापी रुपमा सञ्चालित कोक एन्ड मिल्सको अवधारणालाई नेपालमा स्थानीयकरण गर्न ७ वर्षअघि यो उत्सव सुरु गरिएको बताए । सातौं वर्षसम्म आइपुग्दा उपभोक्ताहरुको साथ उत्साहजनक रहेको भन्दै  उनले यो संस्करणमा विभिन्न कार्यक्रमहरु पनि सञ्चालन हुने बताए ।

यो क्याम्पेनको ट्यागलाइन ‘कोक प्लस मःम, स्वादको रियल म्याजिक’ रहेको छ जसले कोक र मःम खाने उपभोक्ताहरुले स्वादको रियल म्याजिक पाउन सक्ने विश्वास कम्पनीले लिएको छ ।

बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले मोःमोत्सवको सातौं संस्करणले उपभोक्ताहरुसँग अझै नजिक हुने विश्वास रहेको बताए ।

यो अभियान अन्तर्गत काठमाडौंका विभिन्न रेष्टुरेन्टहरूमा कोका–कोलाका ब्रान्ड एम्बेसडर एव‌ं अभिनेत्री प्रियंका कार्की र स्वस्तिमा खड्का सहभागी हुने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?