
काठमाडौं । सिभिल बैंक लिमिटेड र एफ वान सफ्ट इन्टरनेसनलबीच सम्झौता भएको छ । ओम्नी च्यानल प्लेटफर्म सुचारु गर्दै डिजिटल बैंकिङ सेवा तथा सुविधाहरुलाई अझ बढी प्रभाकारी बनाउन दुवै पक्षबीच सम्झौता पत्रमा हस्तक्षर भएको हो ।
सम्झौता पत्रमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेल र एफ वान सफ्ट इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरेका छन् ।
बैंकले मोबाइल बैंकिङ सुविधालाई अझ बढी सवल र सुदृढ बनाई ग्राहकहरुको सहज वित्तीय पहुँचलाई मध्यनजर गर्दै उक्त स्तरोन्नती गर्न लागेको हो ।
सम्झौतासँगै सिभिल बैंकका ग्राहकहरुले मोबाइल एप मार्फत नै बैंक खाता खोल्ने, पैसा पठाउने, खातामा पैसा जम्मा गर्ने, बैंकबाट ऋण लिने जस्ता सेवाहरु लिन सक्नेछन् । साथै सहज तथा सरल ढंगबाट ग्राहकहरुले आफूलाई आवश्यक वित्तीय सेवा उपभोग गर्न सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4