+
+

लामा टेण्डी शेर्पा बास्केटबल : आर्मी क्वाटरफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ४ गते १९:५३

४ फागुन, काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषमा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । पहिलो खेल जित्दै आर्मी क्वाटरफाइनलमा पुग्न सफल भएको हो ।

समूह ‘बी’ को लिग खेलमा आर्मीले शंकरदेव क्याम्पसलाई ११३–५६ ले पराजित गर्‍यो । आर्मीको जितसँगै यो समूहमा रहेको अर्को टोली ड्रिम टिम पनि क्वाटरफाइनल पुगेको छ । ३ टिम रहेको समूह ‘बी’ मा यसअघि ड्रिमले शंकरदेवलाई हराएको थियो ।

आर्मी र शंकरदेवबीचको खेलले समूह विजेता र उपविजेताको टुंगो लगाउने छ । सुरुआतमा २७–१० को अग्रता लिएको आर्मी दोश्रोमा २६–६ ले अगाडि रह्यो । आर्मीले अग्रतालाई कायम राख्दै तेश्रो र चौथोमा समान ३०–२० अंक जोड्यो ।

आर्मीका सौरव श्रेष्ठ र शंकरदेवका राजेश ठकुरीले समान १८ अंक जोडे ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुषकै अर्को प्रतिस्पर्धामा कीर्तिपुरले एचआईके भिजनलाई ७८–५९ ले हराउँदै लगातार दोश्रो जित हात पार्‍यो । यसअघि प्रतियोगिताको उद्घाटन खेलमा कीर्तिपुरले बीएमकेलाई हराएको थियो ।

पहिलो क्वाटरमा २५–१३ ले अघि बढेको कीर्तिपुर दोश्रोमा ९–२० ले पछि रहँदा खेल ३३–३३ को बराबरी अवस्थामा पुगेको थियो । कीर्तिपुरले तेश्रोमा १९ र चौथोमा २५ अंक जोड्दा एचआईकेले दुवैमा समान १३ स्कोर गर्‍यो ।

कीर्तिपुरका लागि सुरज खड्गीले १७ स्कोर गर्दा एचआईकेका विजय लामाले १६ अंक बटुले । नेपाल बास्केटबल संघको आयोजनामा भइरहेको प्रतियोगिताको महिला राउन्ड रोविन लिगमा ललितपुर हाइले कीर्तिपुरलाई ९३–२८ को फराकिलो अन्तरले हरायो ।

ललितपुर चारै क्वाटरमा हावी रह्यो । कीर्तिपुरले कुनैपनि क्वाटरमा दोहोरो अंकको स्कोर छुन सकेन । ललितपुरले ३०–९, १८–९, २१–६ र २४–४ अंक जोड्दै सहज जित निकाल्यो । ललितपुरकी एलिना गुरुङले १५ तथा कीर्तिपुरकी झरना वज्राचार्यले १८ स्कोर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?