+
+

प्रचण्ड र कलाकारहरुबीच भेटवार्ता, के भयो कुराकानी ?

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ५ गते १३:२६
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गायक राजेशपायल राई । तस्वीर : चेतन सापकोटाको फेसबुकबाट

५ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कलाकर्मीहरुले भेट गरेका छन् । प्रचण्ड निवास खुमलटारमा बिहीबार बिहान गायक राजेशपायल राई, हास्य कलाकार सन्दीप क्षेत्री, मोडल करिश्मा ढकाल लगायतले भेट गरेका हुन् ।

भेटमा प्रचण्डसँग नेपाली संगीत र पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा कुराकानी भएको गायक राजेशपायल राईले जानकारी दिए । ‘प्रचण्डजीले भेट्न खोज्नु भएको छ भन्ने खबर मलाई दुई हप्ताअघि नै आएको थियो । म आफैं पनि समय व्यस्तताका कारण भेट्न पाइरहेको थिइनँ । नेपाली कलाकार र संगीतलाई माया गर्ने नेता भएका कारणले पनि भेटघाट भएको हो । विशेषगरी मैले उहासँग नेपाली गीतसंगीतको विकासका लागि के गर्न सकिन्छ भन्ने विषयमा नै कुराकानी गरें,’ उनले भने ।

प्रचण्डसँग पछिल्लो राजनीतिक घटनाक्रम र एमसीसीको विषयमा पनि आफूहरुले चासो राखेको राजेशपायलले बताए ।

यस्तै, कलाकार सन्दीप क्षेत्रीले प्रचण्डसँग समसामयिक विषयमा नै कुराकानी भएको बताए । उनले भने, ‘हामी कलाकार भएको नाताले नेताहरुसँग भेटघाट हुनु सामान्य नै हो । उहाँसँग मैले नेपाली कलाकारिता क्षेत्रको विषयमा नै कुरा गरेको हुँ ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कलाकार सन्दीप क्षेत्री र संगीतकार चेतन सापकोटा । तस्वीर : चेतन सापकोटाको फेसबुकबाट

पार्टी प्रवेश गर्ने योजना त छैन नि भन्ने प्रश्नमा सन्दीपले भने, ‘म सबै पार्टीको हुँ । आजसम्म कुनै पनि पार्टीको सदस्यता लिएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?