
५ फागुन, काठमाडौं। मानव अधिकार तथा शान्ति समाजले रुस-युक्रेनबीच युद्ध सम्भावना टार्न विशेष पहलको आग्रह गर्दै नेपालस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा प्रदर्शन गरेको छ ।
बिहीबार नेपालस्थित राष्ट्रसंघीय कार्यालय पुल्चोक अगाडि ब्यानर, पर्चामा विभिन्न आग्रहसहित शान्ति समाजमा आवद्ध अधिकारकर्मीले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा उनीहरुले युद्ध टार्न र शान्ति प्रवर्द्धन गर्न आह्वानसहित शान्तिको अधिकार सदा सर्वथा सुरक्षित हुनुपर्नेमा जोड दिएका थिए ।
प्रदर्शनपछि मानव अधिकार तथा शान्ति समाजका तर्फबाट संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई लेखिएको पत्र नेपालस्थित राष्ट्रसंघ कार्यालयमा हस्तान्तरण गरिएको शान्ति समाजले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4