
५ फागुन, काठमाडौं । उत्तरी भारतमा एक विवाह समारोहको क्रममा दुर्घटनावश इनारमा खसेर १३ जनाको मृत्यु भएको छ । उत्तर प्रदेश राज्यको कुशीनगरका वरिष्ठ प्रहरी अधिकारी अखिल कुमारका अनुसार इनार छोप्ने फलामको स्ल्याबमा बसेकाहरु इनारमा खसेका हुन् ।
जिल्ला अधिकारी एस राजलिंगमले इनार पुरानो भएकाले त्यसको ढकनीले भार थाम्न नसकेपछि दुर्घटना भएको बताएका छन् । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनालाई ‘हृदयविदारक’ भनेका छन् । उनले स्थानीय प्रशासन सहयोगमा संलग्न रहेको पनि बताएका छन् ।
भारतम विवाहलाई ठूलो संख्यामा पाहुना आउने र धेरै दिनसम्म चल्ने भव्य समारोहको रुपमा मानिन्छ । सन् २०१७ मा उत्तर पश्चिमी राज्य राजस्थानमा एक विवाह समारोहमा आँधीबेहरी आई पर्खाल भत्किँदा २४ जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4