
काठमाडौं । लक्ष्मी बैंकले रुकुम पश्चिमको त्रिवेणी गाँउपालिकास्थित झुलनेटामा एक्स्टेन्सन काउण्टर विस्तार गरेको छ ।
झुलनेटामा बैंकको ११ औं एक्स्टेन्सन काउण्टर विस्तार भएसँगै वित्तीय सेवामा ग्राहकहरुको पहुँच बढ्ने विश्वास बैंकले लिएको छ ।
सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा सक्रिय रुपमा सेवा विस्तार गर्दै आएको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4