+
+

‘म यस्तो गीत गाउँछु २’को नयाँ प्रचार शैलीले फिल्मलाई कति फाइदा ?

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ५ गते १७:०५

५ फागुन, काठमाडौं । आफूले बनाएका चलचित्रको प्रचारका लागि निर्माताहरु बेलाबखत नयाँ उपाय अपनाउँछन् । कुनै समय सिनेमा हलमा नायक-नायिका आउन लागेको प्रचार गरेर दर्शक बोलाइन्थ्यो । निर्देशक दीपक श्रेष्ठले चलचित्र हेर्ने दर्शकलाई रुमाल नै दिने घोषणा गरेर चलचित्रको प्रचार गरेका थिए ।

चलचित्र प्रचारका लागि आइफोन उपहार दिने तरिका पनि निर्माताहरुले अपनाए । चलचित्र ‘छ माया छपक्कै’को प्रचारका लागि निर्माता दीपकराज गिरीले गायक दुर्गेश थापाको स्वरमा समावेश ‘बिच्च बिच्चमा’ गीतलाई प्रयोग गरे ।

दर्शकले जबसम्म चलचित्र राम्रो छ भन्ने महुसुस गर्दैनन् तबसम्म हलसम्म पुग्ने सोच बनाउँदैनन् । यसैले दर्शकलाई कुनै न कुनै रुपमा हलसम्म तान्न निर्माताहरु प्रचारमा नयाँ शैली अपनाउनुपर्ने सोचमा रहन्छन् ।

निर्देशक सुदर्शन थापा र उनको टिमले चलचित्र ‘म यस्तो गीत गाउँछु २’को प्रचारका लागि नयाँ नयाँ शैली अपनाइरहेका छन् । निर्माण टिमले बुधबार थारु भाषामा चलचित्रको प्रचार गीत सार्वजनिक गरेको थियो भने बिहीबार नेवारी भाषामा चलचित्रको प्रचार गीत सार्वजनिक गरिएको छ । भिडियोमा मुख्य कलाकारद्वय पल शाह र पूजा शर्मा देखिएका छन् । गीतमा आश्रय रञ्जित र कल्पना श्रेष्ठको स्वर र नरेश जोगीको शब्द तथा संगीत छ । भिडियोको निर्देशन भने काजिश श्रेष्ठले गरेका हुन् ।

अभिनेता पल शाहको भनाइलाई मान्ने हो भने उनीहरु हरेक वर्ग र समुदायका दर्शकमाझ पुग्न चाहन्छन् । यसले हरेक समुदायले चलचित्रलाई आफ्नो महसुस गर्ने उनीहरुको बुझाइ छ ।

‘म यस्तो गीत गाउँछु २’को यस्तो प्रचार शैलीलाई अन्य निर्माता-निर्देशकले पनि पछ्याउने सम्भावना देखिन्छ । सुदर्शन थापा भने आगामी दिनमा आफ्ना नयाँ चलचित्रमा नेवारी र थारु बाहेक अन्य भाषामा पनि प्रमोसनल गीत बनाउने बताउँछन् ।

यो चलचित्र यही फागुन १३ गते रिलिज हुँदैछ । चलचित्रको प्रचारका लागि अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा पनि निकै दौडिरहेका छन् । मिडिया अन्तरवार्ता, पत्रकार सम्मेलन मात्र होइन उनीहरु चर्चित टेलिसिरियलमा समेत पुगिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?