+
+

हङकङमा कोरोना संक्रमितको संख्या ६० गुणाले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ५ गते १७:५२

५ फागुन, काठमाडौं । हङकङमा कोभिड-१९ महामारीविरुद्धको लडाइँ तीव्र पारिएको छ । संक्रमितको संख्या ६० गुणाले बढेपछि कोभिड महामारीविरुद्धको लडाइँ तीव्र पारिएको हो ।

हङकङमा बिहीबार ६ हजार ११६ जना नयाँ संक्रमित थपिएका छन् । जुन संख्या हालसम्मकै उच्च हो । योसँगै त्यहाँ जनवरीयता झण्डै १७ हजार नयाँ संक्रमित थपिएका छन् । त्यस्तै, आज थप २४ जना संक्रमितको ज्यान गएको छ ।

कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टका कारण हङङकमा दैनिक संक्रमितको संख्या ह्वात्तै बढेको हो ।

आगामी महिनादेखि हङकङमा सबैका लागि कोभिड परीक्षण अनिवार्य गरिन लागेको रोइटर्स समाचार माध्यमले जनाएको छ । केही मिडिया रिपोर्टअनुसार हङकङ सरकारले मार्च महिनादेखि हरेक दिन १० लाख मानिसको परीक्षण गर्ने योजना बनाएको छ । अनिवार्य कोभिड परीक्षण नगर्ने मानिसलाई १० हजार हङकङ डलर जरिवाना गरिने पनि समाचारमा उल्लेख छ ।

यसैबीच, हङकङ सरकारले त्यहाँका होटेललाई क्वारेन्टाइनका लागि बढीमा १० हजार कोठा छुट्याउन भनेको छ । हालसम्म चार हजार ४०० कोठाको व्यवस्था भइसकेको सरकारको भनाइ छ । हङकङकी प्रमुख कार्यकारी क्यारी ल्यामले बुधबार होटेल व्यवसायीलाई भेटेर थप कोठाको व्यवस्था गर्न अनुरोध गरेकी थिइन् ।

हङकङमा कोभिड महामारी हालसम्मकै खराब अवस्थामा पुगेपछि चिनियाँ राष्ट्रपति सी जिनपिङले समेत आवश्यक सबै उपाय अपनाएर भाइरस नियन्त्रण गर्न निर्देशन दिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?