+
+

त्रिभुवन विश्वविद्यालको तालाबन्दीविरुद्ध प्राध्यापकहरुको प्रदर्शन

त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरुले नेविसंघले गरेको तालाबन्दीको बिरोध गर्दै प्रदर्शन गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ५ गते १८:१२

५ फागुन, काठमाडौं। त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरुले नेविसंघले गरेको तालाबन्दीको बिरोध गर्दै प्रदर्शन गरेका छन् ।

विश्वविद्यालयका प्राध्यापकहरुले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यकक्षमा ताला लगाएको दुई सय दिन बितिसकेको भन्दै तालाबन्दी हटाउन माग गर्दै बिरोध प्रदर्शन गरेका हुन् ।

तालाबन्दी समाधान होइन, समस्या हो । विश्वविद्यालयलाई तालाबन्दी मुक्त क्षेत्र बनाउँ, अब त अत्ति भयो, विश्वविद्यालयमा तालाबन्दी कहिलेसम्म, विश्वविद्यालय सुधारका लागि एकजुछ होऔँ लगायतका प्लेकार्ड बोकेर बिरोध प्रदर्शन गरेका थिए ।

उनीहरुले विश्वविद्यालयको रजिस्टार कार्यालयअघि १५ मिनेट शान्तिपूर्ण धर्ना दिएका थिए । प्रदर्शनकारी प्राध्यापकहरुले समस्या सहज रुपमा समाधान गर्न सकिने अवस्था रहेपनि आन्तरिक उद्देश्यले बन्द गर्दा पठनपाठनमा समस्या भएको बताएका छन् ।

प्रध्यापकहरुले विभिन्न विद्यार्थी संगठनहरुले आ-आफ्नो स्वार्थका लागि तालाबन्दी गर्दै जाने हो भने विश्वविद्यालयका समस्या कहिल्यै समाधान नहुने बताए । उनीहरुले विश्वविद्यालयलाई प्राज्ञिक थलो बनाउनु पर्ने बताएका छन् ।

सत्तारुढ दल नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेविसंघले विगत लामो समय यता शैक्षिक क्षेत्रमा सुधार गर्नुपर्ने माग गर्दै तालाबन्दी गर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?