+
+

एलपीएल : होलिल्याण्ड र लिटल फ्लावर विजयी

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ५ गते १८:३७

५ फागुन, धनगढी । धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग विद्यालय स्तरीय अन्डर-१९ क्रिकेट प्रतियोगिताअन्तर्गत चौथो दिन सम्पन्न खेलमा होलिल्यान्ड इंगलिश स्कुल अत्तरिया र लिटल फ्लावर स्कुल धनगढी विजयी भएका छन् ।

संघीय प्रहरीको खेल मैदानमा सम्पन्न दिनको पहिलो खेलमा होलिल्याण्ड इंगलिश स्कुल अत्तरियाले शारदा सरस्वती स्कुललाई २ विकेटले पराजित गर्‍यो ।

धनगढीस्थित संघीय प्रहरीको खेल मैदानमा सम्पन्न खेलमा होलिल्याण्डले शारदा सरस्वति स्कुल, दोधारा चाँदनीलाई २ विकेटले पराजित गर्‍यो । शारदा सरस्वतिले दिएको ७५ रनको लक्ष्य होलिल्याण्डले ८ विकेट क्षेतीमा १६.२ ओभरमा भेटायो ।

होलिल्याण्डको लागि अभिषेक पालले सर्वाधिक २२ रन तथा संजय बोहराले अविजित १० रन बनाए। शारदा सरस्वतिका बलर हेमन्त धामी, गणेश बिटालु र बिकाश सुनारले समान दुई विकेट लिए ।

यस अघि टस जितेर ब्याटिङ रोजेको शारदा सरस्वतिले १८.३ ओभरमा ७४ रनमा सम्पूर्ण विकेट गुमाएको थियो। उसको लागि विकाश सुनारले सर्वाधिक ११ रन तथा निरज तेज चन्द र मिलन बोहराले समान १० रन बनाए। होलील्याण्डका बलर सन्जय बोहराले सर्वाधिक तीन विकेट तथा अवि नारायण कोइराला, गजेन्द्र बोहरा र श्याम साउदले समान दुई विकेट लिए ।

खेलको प्लेयर अफ द म्याच सन्जय बोहरा चुनिए जसले दुई हजार रुपैयाँ प्राप्त गरे । दिनको दोश्रो खेलमा आयोजक लिटल फ्लावर स्कुलले स्टेपिंग स्टोन धनगढीलाई ७१ रनले पराजित गर्‍यो । लिटल फ्लावरले दिएको १६३ रनको लक्ष्य पछ्याउने क्रममा स्टेपिंग स्टोनले निर्धारित २० ओभरमा ७ विकेट क्षेतीमा ९१ रन मात्र बनाउन सक्यो ।

स्टेपिंग स्टोनको ब्याटिंगमा आयुब चन्दले सर्वाधिक ३२ रन तथा विशाल विस्ट र भुपेश जोशीले समान १४ रन बनए। लिटल फ्लावरका बलर अनुराग सिंहले दुई विकेट तथा प्रकाश जैसी, सुवास ऐयर र नरेन भट्टले समान एक विकेट लिए ।

यस अघि टस हारेर ब्याटिङ गरेको लिटल फ्लावरले निर्धारित २० ओभरमा ८ विकेट क्षतिमा १६२ रन बनाएको थियो । लिटल फ्लावरको ब्याटिंगमा ओपनर सुवास ऐरले सर्वाधिक ६७ रन बनाए जुन क्रममा ८ चौका र ४ छक्का प्रहार गरे।

यस्तै अनुराग सिंहले १३ तथा अनिल थापा र पुस्कर बडुले समान १२ रन बनाए। स्टेपिंग स्टोनका बलर बिरेन्द्र चन्द र आयुब चन्दले समान दुई विकेट तथा दिनेश ओडले एक विकेट लिए । खेलको प्लेयर अफ द म्याच सुवास ऐर घोषित भए ।

प्रतियोगिताअन्तर्गत शुक्रबार पनि दुई खेल हुनेछन् । दिनको पहिलो खेलमा बिहान ९:३० बजे गुरुकुल र सत्यवती एकेडेमी तथा दोश्रो खेलमा दिउँसो १:३० बजे सैनिक आवासीय र होलिल्याण्ड प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?