+
+
Shares

बागमतीमा युवा परिषद उपाध्यक्ष चाैलागाईं बर्खास्त

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ५ गते १९:५१

५ फागुन, हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईलाई पदमुक्त गरेको छ ।

बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशका विभागीय मन्त्री तथा परिषद् अध्यक्षसँग समन्वय नगरी काम गरेको, स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नदिएकोजस्ता आरोप लगाउँदै बर्खास्त गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनालले चाैलागाईंले पत्रकार सम्मेलन गरी परिषद्को आन्तरिक गोपनीयता भंग गरेको, परिषद्को स्वीकृतिबिना लोगो तथा नारा सार्वजनिक गरेको, ऐन कानुनको बर्खिलाप गर्दै स्वेच्छाचारी गतिविधि गरेकाले बर्खास्त गरेको जानकारी दिए ।

२०७८ जेठ २७ गते बसेको मन्त्रिपरिषद्को निर्णयबाट प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले चौलागाईंलाई युवा परिषद्को उपाध्यक्षमा नियुक्त भएका थिए ।

मन्त्रिपरिषद बैठकले प्रदेश सरकार कार्य सञ्चालन नियमावलीको अनुसूची हेरेफेर गरेर अवैतनिक र विज्ञ सल्लाहकार नियुक्त गर्ने प्रवाधान थप गरेको छ ।

उनका अनुसार बैठकले प्रदेश यातायात सञ्चालन व्यवस्थापन बोर्डका अध्यक्ष जगतचन्द्र ढुंगानाले दिएको राजीनामा स्वीकृत गरेको छ । बैठकले बागमती प्रदेश उपसभामुख राधिका तामाङले संयुक्त राज्य अमेरिकामा हुने फिल्म अवार्ड कार्यक्रम सहभागी हुनका लागि दिएको निवेदनमा संघीय सरकारलाई सिफारिस गरी पठाउने निर्णय गरेको मन्त्री खनालले बताए ।

बैठकले प्रदेशको विभिन्न जिल्लामा निर्माण गरिएको शीतभण्डार सञ्चालनसम्बन्धी कार्यविधिसमेत पास गरेको छ । प्रदेश सरकारले स्थानीय र निजी क्षेत्रसँग सहकार्य गरेर निर्माण गरेको नौवटा शीतभण्डार अब छिट्टै सञ्चालनमा आउने मन्त्री खनालले बताए ।

दोलखा जिल्लाको सदरमुकाम चरिकोट अस्पतालको नाम परिवर्तन गरेर पशुपति चौलागाईं स्मृति अस्पताल नामकरण गर्ने निर्णयसमेत मन्त्रिपरिषद्को बैठकले गरेको छ । प्रदेशसभा सदस्य चौलागाईंको कोरोना संक्रमणबाट निधन भएको थियो । बैठकले स्वास्थ्य मन्त्रालयका सचिवको संयोजकत्वमा प्रदेश स्वास्थ्य बीमा समिति गठन गर्ने निर्णय समेत गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले प्रदेश खेलकुद विकास नियमावली पारित गर्दै प्रथम प्रदेश खेलकुद प्रतियोगिता–२०७८ फागुन २७ गतेबाट चैत ५ गतेसम्म गर्ने निर्णयसमेत बैठकले गरेको छ । खेल तालिका र व्यवस्थापनको विषय खेलकुद मन्त्रालयले टुंग्याउने गरी हामीले निर्णय गरेको मन्त्री खनालले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?