+
+

मंगल ग्रहमा शुक्रकिट आकारको ढुंगा !

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ६ गते १०:०१

काठमाडौं । वैज्ञानिकहरुले जीवनको खोजी गरिरहेको सौर्यमण्डलको एक ग्रह मंगलमा शुक्रकिट आकारको ढुंगा फेला परेको छ । उक्त अनौठो पत्थर फेला परेसँगै वैज्ञानिकहरु चाहिं खुसी छन् ।

अमेरिकी अन्तरीक्ष संस्था नासाको मार्स क्युरोसिटी रोभरले उक्त ढुंगाको तस्वीर खिचेको हो । झ्वाट्ट हेर्दा यो ढुंगा शुुक्रकिट तथा चेपागाडा आकारको जस्तो देखिन्छ । नासाको रोभरले पत्ता लगाएको यो ढुंगाको तस्वीर अन्तरीक्ष वैज्ञानिक तथा विज्ञान लेखक स्टुआर्ट एटकिन्सनले ट्वीट गरेका हुन् ।

उनले आफ्नो ट्वीटमा लेखेका छन्– मैले भाइकिङ मिसनदेखि अहिलेसम्मका सबै मिसन देखेको छु । हजारौं विचित्र पत्थरहरु देखेको छु जुन कहिले धर्तीमा त कहिले क्रेटर भित्र अनि कहिले पहाडमा भेटिए । तर क्युरोसिटी रोभरले खिचेको यो तस्वीरले दिमाग खराब गरिदिन्छ ।

स्मरण रहोस् मंगल ग्रहमा अनौठाखाले चट्टान फेला परेको यो पहिलोपटक होइन । हालै मंगल ग्रहमा मानव नितम्ब आकारको चट्टान फेला परेको थियो । त्यसलाई मार्स पर्सिभेरेन्स रोभरले फेला पारेको थियो ।

यसअघि मंगल ग्रहमा हरियो चट्टान पनि देखिएको थियो भने डाइनोसरको मुखजस्तो पत्थर पनि देखिएको थियो । साथै मंगल ग्रहमा माछाको आकृति तथा मानिसको अनुहार जस्ता आकृतिहरुका तस्वीर पनि देखिने गरेका छन् ।

सन् १९७६ मा नासाको भाइकिङ १ यानले मंगल ग्रहको चारैतर्फ परिक्रमा गरेको थियो । त्यसबेला उक्त यानले मंगल ग्रहको सतहका धेरै तस्वीर खिचेको थियो । ती तस्वीरमध्ये एउटामा मानिसको अनुहार जस्तो देखिन्छ ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?