
६ फागुन, काठमाडौं । नेपाली कांग्रेस बाहेकका सत्ता गठबन्धनका नेताहरुबीच आज बिहान छलफल भएको छ ।
माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरु आज बिहान प्रचण्ड निवास खुमलटारमा भेला भएर छलफल गरेका हुन् । सत्ता गठबन्धनको बैठक बस्नुअघि नेताहरुले साझा धारणा बनाउन छलफल गरेका हुन् ।
बैठकबाट बाहिरिने क्रममा नेताहरुले कुनै प्रतिक्रिया दिएनन् ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेता नारयणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र अशोक कुमार राई सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4