+
+

राप्रपाको पाँचौं प्रवक्तामा मनोनीत भए ज्ञानेन्द्र शाही

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ६ गते १४:५७

६ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नवप्रवेशी ज्ञानेन्द्र शाहीलाई पार्टी केन्द्रीय सदस्य र प्रवक्ता मनोनीत गरेका छन् । यससँगै राप्रपामा प्रवक्ताको संख्या पाँच पुगेको  छ ।

‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानका संयोजक शाही शुक्रबार मात्र राप्रपा प्रवेश गरेका थिए । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष लिङ्देनले शाहीलाई पार्टी केन्द्रीय सदस्य र प्रवक्ता मनोनीत गरेको घोषणा गरे ।

पार्टीले सुशासन विभाग बनाउने र शाहीलाई त्यसको प्रमुखसमेत बनाउने उनले बताए । शाही नेतृत्वको अभियानमा रहेका हरेकलाई पार्टीमा जिम्मेवारी दिने भन्दै उनले भने, ‘नेता कार्यकर्ता हुनुको केही सीमा हुन्छ, कार्यशैली परिवर्तन गर्नुपर्छ । तर सुशासनको अभियान अझ सशक्त भएर जान्छ ।’

राप्रपामा यसअघि नै भक्तिप्रसाद सिटौला, मोहन श्रेष्ठ, सगुनसुन्दर लावती र गोपाल दाहाल गरी चारजना प्रवक्ता र अरु तीन जना सहप्रवक्तामा मनोनीत भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?