+
+

माछा बोक्ने गाडीमा गाँजा ओसारपसार, दुई जना पक्राउ

लालबन्दी नगरपालिका-१ स्थित पूर्व पश्चिम राजमार्गबाट प्रहरीले प्र ३–०१–०२४ च ७५९१ नम्बरको माछा बोक्ने पिकअप गाडीबाट १ सय २६ किलो गाँजासहित दुई जनालाई शनिबार बिहान पक्राउ गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ७ गते १२:४५

७ फागुन, जनकपुरधाम । सर्लाहीमा माछा बोक्ने गाडीबाट प्रहरीले लागूऔषध गाँजा बरामद गरेको छ ।

लालबन्दी नगरपालिका-१ स्थित पूर्व पश्चिम राजमार्गबाट प्रहरीले प्र ३–०१–०२४ च ७५९१ नम्बरको माछा बोक्ने पिकअप गाडीबाट १ सय २६ किलो गाँजासहित दुई जनालाई शनिबार बिहान पक्राउ गरेको हो ।

प्रहरी टोलीले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको उक्त गाडीलाई चेकजाँच गर्दा माछा बोक्न राखिएको ड्रमबाट उक्त गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।

गाँजा बरामद भएपछि गाडी चालक धादिङको सिद्धलेक गाउँपालिका-६ बस्ने २२ बर्षीय सुरेन्द्र बिक, सोही गाडीमा सवार मकवानपुरको कैलाश गाउँपालिका-२ का ४८ बर्षीय भीमलाल मोक्तानलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट ८५ हजार रुपैयाँसमेत बरामद भएको प्रहरी निरीक्षक गिरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?