+
+

एमसीसी पारित नभए फागुन १६ पछि अर्कै परिस्थिति बन्छ : मन्त्री चौधरी

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ७ गते १९:४०

७ फागुन, बुटवल । लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले अमेरिकी सहयोग परियोजना (एमसीसी) का कारण राजनीतिक घटनाक्रम नयाँ मोडमा पुग्ने बताएका छन् ।

नेपाली कांग्रेसका नेतासमेत रहेका चौधरीले सरकारले बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको भएपनि एमसीसी पारित नभए फागुन १६ पछि अर्कै परिस्थिति बन्ने उनको भनाइ छ ।

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले गरेको निर्वाचन सम्बन्धी अन्तर्क्रियामा मन्त्री चौधरीले फागुन १६ गतेपछि कुन तहको चुनाव पहिले हुने भन्ने यकिन हुने बताए ।

‘कांग्रेस चुनावबाट भाग्दैन, तर एमसीसीबारे जुन खालको विवाद देखिएको छ, त्यसले अब कुन तहको चुनाव पहिले हुन्छ, फागुन १६ पछि मात्रै थाहा हुन्छ ।’
एमसीसी चीन र अमेरिकाका नाममा राजनीतिक दलहरु विभाजित हुनु दुःखद भएको मन्त्री चौधरीले बताए ।

संविधानसभा सदस्य तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय अनुशासन आयोगका सदस्य विनोद पहाडीले आर्थिक रुपमा कमजोर वर्ग र समुदायका व्यक्तिहरु निर्वाचन लड्न सक्ने अवस्था नभएकाले मितव्ययी निर्वाचन प्रणालीका बारेमा बहस गर्नुपर्ने बताए ।

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले लोकतन्त्र रक्षाका लागि निर्धारित समयमै निर्वाचन हुनुपर्ने बताउँदै अबको निर्वाचनलाई प्रविधिमैत्री, मितव्ययी बनाउन दलहरुलाई सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?