+
+

फिजियोथेरापी तथा रिहृयाविलिटेसन सेन्टरहरू संगठित

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ८ गते ११:५२

८ फागुन, काठमाडौं । देशभर सन्चालित फिजियोथेरापी तथा रिहृयाविलिटेसन सेन्टरहरू संगठिन भएका छन् । प्रजातन्त्र दिवसको अवसर पारेर फिजियोथेरापी रिहृयाविलिटेसन सेन्टर एसोसिएसन नेपाल ‘प्राण’ स्थापनाको घोषणा गरिएको छ ।

देशभर सन्चालिन १५ शय्याभन्दा माथिका फिजियोथेरापी तथा रिहृयाविलिटेसन सेन्टर सन्चालकको राष्ट्रिय भेलाबाट चुनिएको ९ सदस्यीय कार्यसमितिमा साहारा फिजियोथेरापी अस्पताल सन्चालक हरिकुमार लम्साल अध्यक्ष बनेका छन् ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा जगदीश खनाल, महासचिवमा समीद कातिला श्रेष्ठ, सचिवमा राजेश महत र कोषाध्यक्षमा दिक्षा जोशी चयन भएका छन् । विवेक पौड्याल, अशोकमणि रिमाल, कविन सापकोटा र अंगिरा थापा कार्यसमिति सदस्य चुनिएका छन् ।

भौतिक चिकित्सा तथा पुनर्स्थापना सेवालाई गुणस्तरीय, प्रभावकारी र मर्यादित बनाउँदै स्वास्थ्य सेवाको क्षेत्रमा योगदान दिन संगठित प्रयास गर्ने उद्देश्यले संघ गठन गरिएको नवनियुक्त अध्यक्ष हरिकुमार लम्सालले बताए ।

सेवाको गुणस्तर कायम गर्न, यसको विश्वसनीयता बढाउन, स्वास्थ्य क्षेत्रको एक प्रभावकारी तथा वैज्ञानिक विधाका रुपमा स्थापित गर्न, सरोकारवाला सरकारी तथा गैरसरकारी संघ संस्थासँग सहकार्य गर्नले योजना संघले बनाएको छ ।

फिजियोथेरापी तथा रिहृयाविलिटेशन सेवाको प्रभावकारिताका लागि रचनात्मक तथा जनचेतनामूलक कार्यक्रम संचालन गर्ने, यससम्बन्धी गोष्ठी, शिविर तथा छलफल कार्यक्रमको आयोजना गर्ने तयारी पनि संघले गरेको छ ।

राष्ट्रिय भेलामार्फत स्थापना घोषणा गरिएको प्राणमा नेपालको पहिलो रिहृयाबिलिटेसन डाक्टर, फिजियोथेरापी संघ, अकुपेस्नल थेरापी संघ, प्रोसथेसिस अर्थोसिस संघ तथा नास्फिरका अध्यक्षसहित पुनस्र्थापनाका विज्ञहरू उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?