+
+

सरकारका प्रवक्ता भन्छन्- अब एमालेले जवाफ दिनुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ८ गते १२:११
मन्त्री ज्ञानेन्द्रबहादुर कार्की । फाइल तस्वीर

८ फागुन, काठमाडौं । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सहयोग परियोजना एमसीसीबारे अब प्रमुख प्रतिपक्षी नेकपा एमालेले जवाफ दिनुपर्ने बताएका छन् ।

आइतबार भएको छलफलमा चार दलका शीर्ष नेताबीच एमसीसी संसदमा टेबल गर्ने सहमति भएको छ ।

आइतबार नै संसदमा एमसीसी टेबल गर्ने सहमति भएको जानकारी दिँदै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री कार्कीले भने, ‘केपी शर्मा ओली नेतृत्वको सरकारले एमसीसी परियोजना संसदमा दर्ता गराएको हो । सरकारको अविच्छिन्न उत्तराधिकारीको रुपमा आज हामीले संसदमा टेबल दर्ता गराउँछौं । यसपछि प्रमुख प्रतिपक्षले त्यसको जवाफ दिनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?