
८ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) नेपालले प्रमुख राजनीतिक दलको अकर्मन्यता र अदूरदर्शिताको परिणामस्वरुप अमेरिकी सहयोग परियोजना एमसीसी अनावश्यक विवादको बन्धक भएको बताएको छ ।
कमल थापाले गठन गरेको नयाँ पार्टीको आइतबार बसेको पहिलो केन्द्रीय समिति बैठकले दलहरुको अकर्मन्यताकै कारण एमसीसीमा नागरिकस्तरमा आशंका पैदा भएको पनि निश्कर्ष निकालेको छ । एमसीसीकै कारण नेपाल वाह्य शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बन्नसक्ने खतरा देखिएको पनि राप्रपा नेपालले उल्लेख गरेको छ ।
उसले एमसीसीबारे चीन र अमेरिकाले व्यक्त गरेको चासो र चिन्तालाई पनि गम्भीर रुपमा लिनुपर्ने बताएको छ । ‘नेपाली जनतामा व्याप्त आशंकाको निराकरण तथा अमेरिका र चीन दुवैलाई विश्वासमा लिएर एमसीसी कार्यान्वयन गर्न नेपाल सरकार तथा सम्बद्ध सबै राजनीतिक दलहरुसँग राप्रपा नेपाल आग्रह गर्दछ’ आइतबारको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया 4