+
+

पर्यटन व्यवसायीको आह्वान : कोभिड संक्रमण कम भयो, यात्रा सहज बनाऔं

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ८ गते १८:२८
फाइल तस्वीर

८ फागुन, काठमाडौं । टूर अपरेटरहरुले नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण कम भएको भन्दै आन्तरिक तथा बाह्य यात्रा सहज बनाउन सरकारसँग आह्वान गरेका छन् । उनीहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)लाई समेत यस्तो आह्वान गरेका छन् ।

टूर अपरेटहरुको प्रतिनिधित्व गर्दै ५ वरिष्ठ व्यवसायी कोरा टुर्सका प्रबन्ध निर्देशक विजय अमात्य, सीता वर्ल्ड ट्राभल्स (नेपाल) का महाप्रबन्धक दिनम लामिछाने, सोसल टुर्सका अध्यक्ष राज ज्ञवाली, आर्य भिलेज टुर्सका अध्यक्ष बिनोद अधिकारी र एक्स्प्लोर हिमालय ट्राभल्स एण्ड ऐडभेन्चरका अध्यक्ष सुमन पाण्डेले यस्तो अपील गरेका हुन् । उनीहरुले कोभिड-१९ विरुद्धको खोपको मात्रा पूरा गरेका यात्रुलाई खोपको प्रमाणबाहेक अन्य कागजात अनिवार्य नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

खोपको मात्रा पूरा गरेका यात्रुको हकमा मात्र आगमनमा ७२ घण्टे पीसीआर रिर्पोट लागू गर्न भनिएको छ । २ हप्तादेखि ९० दिन अघिसम्म कोभिड संक्रमण भएका यात्रुको हकमा आगमनमा पीसीआर अनिवार्य नगर्न भनिएको छ । बहिर्गमनको हकमा यात्राको गन्तव्य, ट्रान्जिट मुलुक र सम्बन्धित हवाई सेवाको नीति बमोजिम मात्र कागजात माग गर्ने व्यवस्थाका लागि समेत व्यवसायीले माग गरेका छन् । पर्यटक र यात्रुलाई कोभिड-१९ विरुद्धका अन्य मापदण्ड पालना गराउन भने टूर अपरेटर प्रतिवद्ध रहेको उनीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?