
८ फागुन, काठमाडौं । न्याय सेवा आयोगले लिएको जिल्ला न्यायाधीश पदको परीक्षामा माग संख्या भन्दा निकै कम उम्मेदवारले मात्र लिखित परीक्षा पास गरेका छन् ।
आयोगले १८ जना जिल्ला न्यायाधीश माग गरेकामा लिखित परीक्षामा ३ जनामात्र उतीर्ण भएका हुन् । आयोगको आइतबार बसेको बैठकले लिखित परीक्षा उतीर्ण भई अन्तर्वार्ताका लागि छनोट भएका परीक्षार्थीको नाम सार्वजनिक गरेको छ ।
आयोगले जिल्ला न्यायाधीश पदका लागि आन्तरिक खुलातर्फ नौ जना, खुलामा पाँच जना, महिला दुई जना, आदिवासी जनजाति र मधेशी एकएक जना माग गरेको थियो ।
तर तीन जनाले आन्तरिक खुला र खुला गरी दुबैतर्फ नाम निकालेका हुन् । महिला, आदिवासी जनजाति र मधेशी आरक्षणतर्फ कोही पनि उतीर्ण भएका छैनन् ।
लिखित परीक्षा उतीर्ण भएकाहरुका लागि फागुन २९ गते अन्तर्वार्ताको मिति तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4