
९ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडन युक्रेन संकटबारे छलफलका लागि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्मेलन गर्न सहमत भएका छन् ।
युक्रेन संकटबारे छलफलका लागि पुटिनसँग सम्मेलन गर्न ‘सैद्धान्तिक रुपमा’ बाइडन सहमत भएका हुन् । तर रुसले युक्रेनमा हमला नगरेको अवस्थामा मात्रै फ्रान्सद्वारा प्रस्तावित सम्मेलन हुन सक्ने ह्वाइट हाउसले जनाएको छ ।
पुटिनसँगको टेलिफोन कुराकानीपछि फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याँक्रोले सम्मेलनको प्रस्ताव गरेका हुन् । दुबै नेताबीच हुने सम्मेलनले युरोफमा दशकौंपछि कै खराब सुरक्षा संकटको कुटनीतिक समाधानको बाटो खोल्न सक्ने बीबीसीले जनाएको छ ।
पछिल्लो समय युक्रेनलाई लिएर पश्चिमा मुलुक र रुसबीच जारी तनाव उत्कर्षमा पुगेको छ । अमेरिकाले रुसमाथि हमला गर्ने लक्ष्यसहित युक्रेनको सीमाना नजिकै झण्डै २ लाख फौज तैनाथ गरेको आरोप लगाएको छ । तर रुसले भने उक्त आरोप खण्डन गर्दै आएको छ ।
प्रतिक्रिया 4