
बलिउड अभिनेता अनिल कपूर र हर्षबर्धन कपूर
९ फागुन, काठमाडौं । नेटफ्लिक्सले आफ्नो थ्रिलर चलचित्र ‘थार’को घोषणा गरेको छ । बदलामा आधारित यो चलचित्रमा बलिउड अभिनेता अनिल कपूर र उनका छोरा हर्षबर्धन कपूरको मुख्य भूमिका रहनेछ । अनिल यो चलचित्रका निर्माता समेत हुन् ।
पश्चिमी नोयर शैलीबाट प्रभावित ‘थार’मा ८० दशकको कथा छ । यसमा सिद्धार्थ अर्थात् हर्षबर्धन कपूर रोजगारीका लागि पुष्करमा पुगेपछि आफ्नो विगतको बदला लिनका लागि यात्रामा निस्कन्छन् ।
यो थ्रिलर चलचित्रमा अनिल र हर्षबर्धनका अलावा फातिमा सना शेख र सतीश कौशिकको पनि मुख्य भूमिका रहेको छ ।
‘थार’लाई राज सिंह चौधरीले निर्देशन गरेका हुन् । उनको यो डेब्यु निर्देशन हो । चलचित्रलाई राज सिंहले नै लेखेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4