+
+
Shares

‘सिक्वड गेम’ सिजन ३ को टिजर : ‘प्लेयर ४५६’ र ‘फ्रन्टम्यान’बीच अन्तिम लडाई

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २३ गते ११:४७

काठमाडौं । नेटफ्लिक्सको लोकप्रिय वेब-सिरिज ‘स्क्विड गेम’को तेस्रो सिजनको टिजर मंगलबार रिलिज भएको छ । यो संक्षिप्त टिजरले प्रशंसकमाझ उत्साह र सस्पेन्स दुवै बढाएको छ ।

टिजरले खतरनाक खेल फेरि एक पटक सुरु हुन लागेको देखाउँछ, जसमा सहभागीले आफ्नो ज्यान जोखिममा पार्छन् । पुराना पात्रहरूसँगै केही नयाँ अनुहार पनि देख्न सकिन्छ । टिजरले धेरै कुरा खुलाएको त छैन तर दृश्य एकदमै डरलाग्दो र रोचक देखिएको छ ।

तेस्रो श्रृंखलालाई ‘सिक्वड गेम’को अन्तिम भनिएकाले पनि दर्शकमाझ नयाँ सिजन बहुप्रतीक्षित छ । तेस्रो सिजनको केन्द्रमा प्लेयर ४५६ र फ्रन्टम्यानको लडाइ केन्द्रित छ । तपाईंले अघिल्ला दुवै सिजन हेर्नुभएको छ भने, तेस्रो पनि प्रतीक्षित हुनसक्छ ।

सेओङ गि-हुन/प्लेयर ४५६ (ली जंग-जे) को विद्रोह असफल भएपछि, उनको सबैभन्दा मिल्ने साथी जंग–बे (ली सियो–ह्वान)को मृत्यु द फ्रन्ट म्यान (ली ब्युङ–हुन) को हातबाट हुन्छ । फ्रन्टम्यान यो खेलमा नक्कली खेलाडीको रुपमा देखिएका थिए । विद्रोह असफल भएपछि प्लेयर ४५६ कब्जामा पर्छन् । यही दृश्यबाट सिजन २ सकिएको थियो ।

डिसेम्बरमा विश्वव्यापी रूपमा रिलिज भएपछि, सिजन २ एक हप्तामा नेटफ्लिक्सको सबैभन्दा धेरै हेरिएको श्रृंखला बन्यो । अहिले सिजन १ र ‘वेनस्डे’पछि नेटफ्ल्क्सिमा तेस्रो धेरै हेरिएको श्रृंखला बनेको छ ।

मुख्य कलाकारहरूका अतिरिक्त, फर्केका कलाकारहरूमा यिम सि–वान, पार्क सुङ–हुन, जो यु–री, पार्क ग्यु–यङ र वाइ हा–जुन समावेश छन्, जो विद्रोहबाट बचेका थिए । सिजन ३ आगामी जुन २७ देखि नेटफ्ल्क्सिमा रिलिज हुँदैछ । यो श्रृंखला नेपालमा पनि धेरै हेरिनेमध्ये पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?