+
+

बहुप्रतीक्षित सिरिज ‘वान हन्ड्रेड इयर्स अफ सोलिच्युड’ नेटफ्लिक्समा

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २७ गते १७:०६

काठमाडौं । नोबेल पुरस्कार विजेता लेखक गेब्रियल गार्सिया मार्केजद्वारा लिखित विश्वचर्चित उपन्यास ‘वान हन्ड्रेड इयर्स अफ सोलिच्युड’मा आधारित सोही नामको प्रतीक्षित श्रृंखला नेटफ्लिक्समा रिलिज भएको छ ।

कुल १६ एपिसोडको पहिलो सिजन भएपनि बुधबारदेखि ८ भागको मात्र स्ट्रिमिङ भएको छ । स्पेनी भाषाको यो सिरिजलाई रटन टम्याटोजमा १०० प्रतिशत रेटिङ स्कोर मिलेको छ ।

म्याकोन्डो नामक एक काल्पनिक र कालातीत सहरमा बुएन्डिया परिवारका सात पुस्ताका सदस्यले प्रेम, विस्मृतिसँगै उनीहरूको विगत र भाग्यको आवश्यकताको खोजी गर्छन् । सिरिज यही बटमलाइन वरपर घुमेको छ ।

सिरिजलाई औपन्यासिक, जादुयी यथार्थवाद, उच्च स्वैरकल्पना, पारिवारिक गाथा र महाकाव्य कथा जनराअन्तर्गत राखिएको छ । एलेक्स गार्सिया लोपेजले निर्देशन गरेको सिरिजमा क्लाउडियो क्याटानो, डीएगो भास्क्वेज, मार्लेडा सोटो लगायतको अभिनय छ ।

अभिनेता क्याटानोले सिरिजमा मुख्य पात्र औरेलियानो बुएन्डियाको भूमिका निर्वाह गरेका छन् । द टेलिग्राफले सिरिजलाई सकारात्मक समीक्षा गर्दै ५ मा ५ रेटिङ दिएको छ । यो बेलायती अखबारले गरेको समीक्षाको शीर्षक छ- फिल्ममा रुपान्तरण गर्न नसकिने एक अब्बल रुपान्तरण ।’

टेलिग्राफ लेख्छ- ‘यो नेटफ्लिक्स श्रृंखलाले दर्शकबाट पर्याप्त प्रतिबद्धताको माग गर्छ, तर यो बनाउन लायकको छ ।’ विश्व साहित्यकै महान् कृति मानिएको श्रृंखलामाथि बनाइएको यो सिरिज धेरै दर्शकका लागि ओटीटी प्लाटफर्मकै एउटा ट्रिट हुनसक्छ ।’

उक्त उपन्यास कोलम्बियाका लेखक मार्केजको सन् १९६७ को उपन्यास हो जसले बुएन्डिया परिवारको बहुपुस्ताको कथा बताउँछ । जसको प्रमुख व्यक्ति जोसे अर्काडियो बुएन्डिया जसले माकोन्डोको काल्पनिक सहर स्थापना गरेका थिए । यो उपन्यासलाई विश्व साहित्यमा एक सर्वोच्च उपलब्धिको रुपमा पनि लिने गरिन्छ । सन् १९८२ मा मार्केजले नोबेल साहित्य पुरस्कार जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?