+
+

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी फुटुङबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ९ गते १५:१३

९ फागुन, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका-७ का ३७ वर्षीय विनोद थापा रहेका छन् ।

उनलाई ब्‍यूरोले आइतबार काठमाडौंको तारकेश्वर फुटुङबाट पक्राउ गरेको हो ।

उनलाई उच्च अदालत पाटनले बैंकिङ कसूरमा दोषी ठहर गर्दै १५ दिन कैद सजाय र ५१ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो ।

थापाले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जानी–जानी चेक काटेर पीडितलाई झुक्याएको उजुरी परेपछि मुद्दा चलाइएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?