+
+

हङकङमा बिहीबारदेखि रेष्टुरेन्ट छिर्दा ‘खोप कार्ड’ अनिवार्य

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ९ गते १७:५९

९ फागुन, काठमाडौं । हङकङमा यसै हप्तादेखि रेष्टुरेन्ट तथा क्लबहाउस प्रवेश गर्ने व्यक्तिका लागि ‘खोप कार्ड’ अनिवार्य गर्न लागिएको छ ।

कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टको प्रकोप व्यापक बनेपछि खोप कार्डको व्यवस्था गर्न लागिएको हो ।

बिहीबारदेखि रेष्टुरेन्ट र क्लबहाउस प्रवेश गर्ने १२ वर्षमाथिका व्यक्तिले ‘भ्याक्सिन पास’ अर्थात् कोभिड खोप लगाएको कार्ड देखाउनु पर्ने अधिकारीहरूले बताएका छन् ।

‘सबैले आफूले खोप लगाएको रेकर्ड वा छुटसहितको परिचय पत्र बोक्नु पर्ने छ’, सोमबार पत्रकार सम्मेलनमा खाद्य तथा स्वास्थ्य विभागका उप-सचिव केभिन चोइले भने ।

माछा-मासु बिक्री हुने बजार, सुपरमार्केट, हस्पिटल र सरकारी कार्यालयमा भने खोप कार्ड देखाउनु पर्ने छैन । तर यस्ता स्थानमा आउने मानिसको परीक्षण हुन सक्ने छ ।

चीनको ‘शून्य कोभिड’ नीति अपनाएको हङकङमा गत वर्ष केही महिनासम्म कोभिडको कुनै स्थानीय संक्रमण फेला परेको थिएन । तर पछिल्लो समय भने त्यहाँ कोभिड संक्रमितको दैनिक संख्या उच्च बिन्दुमा पुगेको छ ।

गत शुक्रबारसम्म दुई महिनाभन्दा कम समयमै थप २० हजार दुई सय नयाँ संक्रमित थपिएका थिए । आगामी दिनमा समेत दैनिक संक्रमितको संख्या अरु बढ्ने अनुमान गरिएको छ । एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?