+
+

बानेश्वरमा गृहमन्त्रीको पुत्ला दहन

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला दहन गरेको छ ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७८ फागुन ९ गते १९:२९

९ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला दहन गरेको छ ।

अमेरिकी सहयोग परियोजना एमएसीसीको विरोधमा बानेश्वरबाट निस्किएका विद्यार्थी नेताहरुले बानेश्वरमा गृहमन्त्री खाँणको पुत्ला जलाएका हुन् । विद्यार्थीहरुले गृहमन्त्रीको पुत्ला जलाउँदा प्रहरीको उपस्थिति चाहिँ त्यहाँ थिएन ।

विद्यार्थीहरुले एमसीसी विरोधी आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको पनि आरोप लगाएका छन् । एमसीसी आइतबार प्रतिनिधिसभामा टेबल भएको छ ।

तस्वीरहरु: चन्द्रबहादुर आले/अनलाइखबर

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?