+
+

साउनयता झण्डै २७ अर्बको खोप आयात

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १० गते १५:११
फाइल तस्वीर

१० फागुन, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो सात महिनामा मानव स्वास्थ्यमा प्रयोग हुने खोपको आयात उच्चदरमा बढेको छ ।

कोभिड–१९ महामारी रोकथामका लागि सरकारले ठूलो मात्रामा खोपको आयात गरेपछि सातमहिनामै उच्च आयात भएका १० वस्तुमध्ये ८ औं स्थानमा खोप परेको छ ।

चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो महिना साउनयताका सात महिनामा २६ अर्ब ८५ करोड ९ लाख ७६ हजार मूल्य बराबरको खोप आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । यो गतवर्षको तुलनामा २५ अर्ब ५० करोड ७४ लाख ६८ हजार रुपैयाँले बढी हो ।

गत वर्ष यही अवधिमा १ अर्ब ३४ करोड ३५ लाख ८ हजार रुपैयाँ मूल्य बराबरको खोप आयात भएको थियो । सामान्य अवस्थामा भन्दा कोरोना महामारी विरुद्धको खोप अभियान सञ्चालन भएपछि खोप आयात ह्वात्तै बढेको हो ।

यो सातमहिनाको अवधिमा २ लाख ४० हजार केजी परिमाणको खोप आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । गत वर्ष यही अवधिमा ३९ हजार ७८५ केजी परिमाणको खोप आयात भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?