+
+

अमेरिकालाई बामदेवको आग्रह : एमसीसी फिर्ता लैजाऊ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १० गते १८:३६

१० फागुन, काठमाडौं । राष्ट्रिय सभाका सदस्य बामदेव गौतमले अमेरिकी सहयोग परियोजना एमसीसी फिर्ता लैजान अमेरिका सरकारलाई आग्रह गरेका छन् ।

मंगलबार एक विज्ञप्ति जारी गरी उनले एमसीसी सम्झौताका कारण अमेरिका र नेपालबीचको सम्झौता तलमाथि पर्न सक्ने भन्दै फिर्ता लैजान आग्रह गरेका छन् ।

‘यो सम्झौताले ७४ वर्ष हिलेदेखि अविछिन्न मित्रता रहेको संयुक्त राज्य अमेरिकासँग नेपालको सम्बन्धमा केही तल माथि प¥यो भने यसको सम्पूर्ण दोष आफूलाई चुकेल्याङ ठान्ने खलनायकहरुले नै बोक्नुपर्नेछ’ उनले भनेका छन्, ‘… म फेरि पनि अमेरिकी सरकारलाई विनम्रतापूर्वक यो परियोजना फिर्ता लैजान अनुरोध गर्दछु ।’

हेर्नुहोस् गौतमको प्रेस वक्तव्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?