
११ फागुन, बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
मंगलबार राति बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको बाघले आक्रमण गर्दा ठाकुरबाबा नगरपालिका-४ सैनावारकी ४५ वर्षीया निलु चौधरीको मृत्यु भएको हो । चौधरीको भुरीगाउँमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्किएको बाघको आक्रमणबाट यस वर्ष चार जनाको ज्यान गइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4