+
+

सेल्सबेरी ग्रुप ८औं वर्षमा प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ११ गते १३:२९

काठमाडौं । सेल्सबेरी ग्रुप ८औं वर्षमा प्रवेश गरेको छ ।

सेल्सबेरी ब्रान्डलाई ग्राहकहरुले माया र विश्वास गरेकै कारण सञ्चालनको ७ औं वर्ष सफलताका साथ पूरा गरी ८औं वर्षमा प्रवेश गरेको ग्रुपले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आगामी दिनमा अझ विशिष्ट सुविधा तथा परिस्कृत सेवामा समर्पित हुने प्रतिवद्धता ग्रुपले जनाएको छ ।

वार्षिक उत्सवको अवसरमा ग्रुपले त्रिपल एट (८–८–८) अफर सञ्चालन गरेको थियो । उक्त अभियान १–८ फागुनसम्म सञ्चालन भएको थियो । उक्त अभियानमा सहभागी भएका मध्ये ८ जनाले असीमित निःशुल्क सपिङ अफर जित्न सफल भएको ग्रुपले जनाएको छ ।

ग्रुपका अनुसार विजेता हुनेमा काठमाडौं बालुवाटारका रचना राणा, पोखरा विरौटाका विकास गुरुङ, काठमाडौं इमाडोलका रमेश नेपाल, कोटेश्वरका सहिष्णु पौडेल, चक्रपथका विमल ढकाल, मुलपानीकी रेखा पौडेल, पोखरा बगरकी अञ्जना अधिकारी र विरौटाका सुदर्शन थापा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?