+
+

पोखरामा जिपको ‘प्रिमियम’ सोरुम सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ११ गते १७:०८

पोखरा । नेपालका लागि जिप ब्रान्डको आधिकारिक बिक्रेता एमएडब्ल्यू लाइफले पोखरामा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ ।

प्रिमियम अटो ग्रुपले सञ्चालन गरेको दुई हजार स्क्वायर फिटमा फैलिएको जिपको रिटेल आउटलेटले ग्राहकलाई ‘प्रिमियम एक्सपिरियन्स’ दिनेछ ।

गण्डकी प्रदेशको पहिलो जिप सोरुमको उद्घाटन नेपाली कंग्रेसका नेता प्रदिप पौडेलले गरेका थिए । सोरुमको उद्घाटन गर्दै नेता पौडेलले  विश्व प्रसिद्ध अटोमोबाइल ब्रान्ड पोखरामा आउनु खुसीको कुरा भएको बताए ।

कार्यक्रममा नाडाका अध्यक्ष ध्रुव थापाले जिप पोखराका सडकमा पनि देखिन थालेको र यसको भविष्य राम्रो भएको उल्लेख गर्दै प्रिमियम अटो ग्रुपलाई व्यवसायिक सफलताको शुभकामना दिए ।

एमएडब्ल्यू लाइफका सीईओ अनिश लामिछानेले चार वर्षअघि नेपालमा औपचारिक रुपमा भित्रिएदेखि नै पश्चिम नेपालका ग्राहकले जिप सोरुमको अपेक्षा गरिरहेको र सोही अपेक्षा पूरा गर्न पाएकोमा खुसी लागेको बताए । ‘हामीलाई विश्वास छ कि यो डिलरसिपले जिप लाइफमा आवद्ध हुन चाहने ग्राहकलाई सहज बनाउनेछ’ उनले भने  ।

प्रिमियम अटो ग्रुपका संस्थापक सन्तोष बास्तोलाले ग्राहकलाई निकै विश्वास गरेको अटोमोबाइल ब्रान्ड र प्रिमियम कस्टमर एक्सपिरियन्स दिन पाउँदा आफू निकै उत्साहित भएको बताए ।

जिप ब्रान्डको बढ्दो लोकप्रियतालाई ध्यानमा राखेर एमएडब्ल्यू लाइफले देशभर बिक्री तथा बिक्रीपछिको सेवा सञ्जाल बढाउँदै लग्ने नीति लिएको कम्पनीले बताएको छ । कम्पनीका अनुसार जिपले यसै आर्थिक वर्षमा चार अन्य स्थानमा सोरुम र सर्भिस आउटलेट सुरु गर्नेछ जसले महत्वपूर्ण भौगोलिक क्षेत्र र ‘कस्टमर बेस’लाई कभर गर्नेछ ।

जिपले ‘रोडसाइड असिस्ट्यान्स’सहित २४ सै घन्टा र ३६५ दिन सेवा दिइरहेको छ । यो वर्ष चुनौतीपूर्ण बजार अवस्थाका बाबजुत जिपले ‘इम्प्रेसिभ ग्रोथ’ गरिरहेको कम्पनीले बताएको छ ।

गत असारमा नयाँ जिप कम्पास सार्वजनिक गरेपछि प्रिमियम एसयूभी सेग्मेन्टमा जिप ब्रान्डले उल्लेखनीय प्रदर्शन गर्दै आएको छ र यो गति पूरै वर्ष कायम हुने अपेक्षा गरिएको कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?