+
+

श्रोत नखुलेको ९ लाख ५० हजार नेपाली रुपैयाँसहित एक भारतीय पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ११ गते २०:२२

११ फागुन, जनकपुरधाम । महोत्तरी प्रहरीले श्रोत नखुलेको ९ लाख ५० हजार नेपाली रुपैयाँसहित बुधबार एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहकार राज्य अन्तर्गत सितामढी जिल्ला सिरसिया ग्राम पञ्चायत १४ निवासी ३० बर्षीय दीपक कुमार चौधरी रहेको प्रहरीले जनाएको छ ।

भारत बीआर३०एडी ८३४६ नम्बरको मोटरसाइकलमा सबार भएर भारतबाट नेपालतर्फ आइरहेका चौधरीलाई मनरासिस्वा नगरपालिका २ कट्टीस्थित नेपाल भारत सिमानाबाट पक्राउ गरिएको महोत्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी प्रकाश बिष्टले जानकारी दिए ।

चौधरीले लगाएको टिसर्ट भित्र कम्मरको भागमा वाँधी बोकेको कपडाको थैली भित्र लुकाएर ल्याउँदै गरेको उक्त रकम बरामद भएको र उनलाई रकमसहित आवश्यक कार्वाहीका लागि जलेश्वर भन्सार कार्यालय पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?