+
+

लिड्सको पोष्टमा लिभरपुलको ६ गोल

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १२ गते ८:३०

१२ फागुन, काठमाडौं । लिभरपुलले प्रिमियर लिगअन्तर्गत बुधबार राति भएको खेलमा लिड्स युनाइटेडलाई ६-० को फराकिलो अन्तरले पराजित गरेको छ ।

घरेलु मैदानमा शानदार जितपछि लिभरपुलले शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीसँगको अंकदूरी ३ मा झारेको छ ।

२६ खेलबाट सिटीको ६३ अंक छ भने लिभरपुलले समान खेलबाट ६० अंक जोडिसकेको छ । लगातार जितपछि लिभरपुल उपाधि होडमा अघि आएको छ । गोल अन्तरमा भने लिभरपुललाई फाइदा छ । यी दुई टोली आगामी अप्रिल १० मा सिटीको मैदानमा भिड्नेछन् ।

एनफिल्डमा भएको खेलमा लिभरपुलका लागि मोहमद सालाहले १५औं र ३५औं मिनेटमा पेनाल्टीबाट गोल गरे । यस्तै ८०औं र ९०औं मिनेटमा गोल गरे भने जोएल माटिपले ३०औं र भर्जिल भान डाइकले इन्जुरी टाइममा गोल गरे ।

लिगकै अन्य खेलमा बर्नलीले टोटनहमलाई १-० ले हरायो छ । यस्तै क्रिस्टल प्यालेस वाटफोर्डलाई ४-१ ले पराजित गर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?