+
+

म्यानचेष्टर युनाइटेड र एट्लेटिको मड्रिडको बराबरी

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १२ गते ९:१३

१२ फागुन, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गतबुधबार भएको अन्तिम १६ को पहिलो लेगको खेलमाइंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र स्पानिस क्लब एटलेटिको मड्रिडले १–१ को बराबरी खेलेको छ ।

वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका एन्थोनी एलांगाले खेल सकिन १० मिनेट अघि गोल गरेपछि युनाइटेडले एट्लेटिकोलाई उसैको मैदानमा बराबरीमा रोकेको हो ।

जाओ फेलिक्सले रेनान लोडीको पासमा गोल गर्दै सातौं मिनेटमा एट्लेटिकोलाई अग्रता दिलाए थिए । तर अन्तिममा यो अग्रता कायम राख्न सकेन । दोस्रो हाफमा म्यानचेस्टर युनाइटेडले बराबरी गोल फर्कायो ।

७५औं मिनेटमा मार्कुस रासफोर्डको स्थानमा मान प्रवेश गरेका एलांगाले ८०औं मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा युनाइटेडका लागि गोल गरे ।

यस्तै बुधबारै भएको अर्को खेलमा पोर्चुगिज क्लब बेनफिका र डच क्लब आयाक्सले २-२ को बराबरी खेलेका छन् ।

बेनफिकाको मैदानमा आयाक्सले दई पटक अग्रता बनाएपनि कायम राख्न सकेन । आयाक्सका लागि डुसान टाडिक र सेबास्टियन हलरले गोल गरे । बेनफिकाका बेनफिकाका रागि रोमन यारेकचुकले एक गोल गरे । यस्तै आयाक्सका हेलरले नै एक आत्मघाती गोल उपहार दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?