+
+

बारामा प्रहरीसँगको भिडन्तमा गाँजा तस्करको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १२ गते ११:३५

१२ फागुन, वीरगञ्ज । बारामा प्रहरीको गोली लागेर एक भारतीय नागरिकको मृत्यु भएको छ । अन्दाजी ३५ वर्षीय ती व्यक्तिको सनाखत भने भएको छैन ।

प्रहरीका अनुसार बुधबार राति ११ बजेतिर सिम्रौनगढ- महुवाहीमा लागुऔषध गाँजा तस्करसँग दोहोरो फायरिंग भएको थियो । सोही क्रममा गम्भीर घाइते भएका एक जनाको कलैया अस्पतालमा उपचारको क्रममा राति पौने २ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।

‘राति गाँजा तस्करसँग जम्काभेट भयो, उनीहरूले फायरिंग गरेपछि प्रहरीले जवाफी फायरिंग गरेर दुईजनालाई नियन्त्रणमा लिएका थियौं,’ उनले भने, ‘ एक जनाको कलैया अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।’

भारत बिहार मोतिहारी जिल्ला ग्राम पिपरा बस्ने वर्ष ४० को हिरदेश गिरी प्रहरी नियन्त्रणमा छन् । प्रहरीका अनुसार महुवाहीमा लागुऔषध ७५ किलो गाँजा पाँच वटा जुटको बोरामा ७/८ जना मानिसहरूले टाउकोमा बोकेर नेपालबाट भारततर्फ लैजाँदै थिए ।

प्रहरीसँग जम्का भेट हुँदा तस्करले फायर गरेका थिए । प्रहरीले पनि ३०३ राइफलबाट १ राउण्ड गोली फायर गरेको थियो । फरार अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?