+
+

मन्त्री झाँक्रीलाई सचेत गराउने एकीकृत समाजवादी मोर्चा संगठनको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १२ गते १३:५८

१२ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीको मोर्चा संगठनले सहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई पार्टी निर्णय विपरीत अभिव्यक्ति नदिन सचेत गराउने निर्णय गरेको छ ।

बुधबार बसेको बैठकले मन्त्री झाँक्रीलाई सार्वजनिक अभिव्यक्ति दिँदा ध्यान पुर्‍याउन सचेत गराउने निर्णय भएको एक सहभागीले बताए ।

‘अरु मन्त्रीहरुबारे पनि छलफल भएको छ । तर रामकुमारी झाँक्रीले लगातार पार्टी लाइन विपरीत अभिव्यक्ति दिइरहनुभएकाले सचेत गराउने निर्णय भएको छ’, ती सहभागीले भने ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेबारे पनि छलफल भएको थियो । तर मन्त्री झाँक्रीमा छलफल बढी केन्द्रित भएको नेताहरुले बताएका छन् । मोर्चा संगठनको प्रमुख उपमहासचिव विजय पौडेल छन् ।

मन्त्री झाँक्रीले सरकारमा रहेर सरकारकै कार्यक्रमको विरोध जनाउन नहुने बताउँदै आएकी छन् । प्रतिनिधिसभामा पेश भएको एमसीसीविरुद्ध एकीकृत समाजवादीका कार्यकर्ताले प्रदर्शन गर्दै आएका छन् । तर मन्त्री झाँक्रीले भने सरकारमा सहभागी भएपछि दोहोरो भूमिकामा रहन नहुने अभिव्यक्ति दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?