+
+

महाअभियोग प्रस्तावको विरुद्ध सर्वोच्चमा रिट

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १२ गते १४:४१

१२ फागुन, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि संघीय संसद सचिवालयमा दर्ता भएको महाभियोगको प्रस्ताव विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

महाभियोगको प्रस्ताव असंवैधानिक भएको दावी सहित अधिवक्ताहरु डा. पुण्य खतिवडा र दीपक मिश्रले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् ।

निवेदनमा जबरामाथिको महाअभियोग प्रस्ताव खारेज गर्न र जबरालाई पदमा बहाल गराउन अन्तरिम आदेश माग भएको छ ।

त्यस्तै जबराविरुद्धको महाअभियोग प्रस्तावसँग सम्बन्धित अर्को निवेदन पनि सर्वोच्चमा पेश भएको छ । तर दर्ता भने भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?