+
+
शहीद स्मारक ए डिभिजन लिग :

च्यासललाई हराउँदै सातदोबाटो तेस्रो स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १२ गते १५:३०

१२ फागुन, काठमाडौं । पहिलो पटक शीर्ष डिभिजनमा खेलिरहेको सातदोबाट युथ क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगको आफ्नो अन्तिम खेलमा रेलिगेसनमा परिसकेको च्यासल युथ क्लबलाई १-०ले पराजित गरेको छ ।

यो नतिजासँगै नवप्रवेशी सातदोबाटोले ए डिभिजनमा सुखद अन्त्य गरेको छ । एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा सातदोबाटोलाई जित दिलाउन विदेशी खेलाडी अजयी मार्टिन्सले एक मात्र गोल गरे । उनले खेलको सातौं मिनेटमा सुदिप गुरुङको लामो पासमा गरेको गोल नै जितमा निर्णायक बन्यो ।

मेघ राज केसीको प्रशिक्षणमा लिग खेलेको सातदोबाटो पहिलो सिजनमै उत्कृष्ट प्रदर्शन गर्न सफल भयो । सातदोबाटोले यस सिजन ६ जित ३ बराबरी र ४ हारको नतिजाबाट २१ अंक जोड्यो ।

च्यासललाई हराएपछि सातदोबाटो एनआरटी र मनाङ मर्स्याङ्दीलाई पछि पार्दै अंकतालिकामा तेस्रो स्थानमा उक्लेको छ । यदि एनआरटी र मनाङ अन्तिम खेलमा पराजित भए सातदोबाटोले तेस्रो स्थानमा रहेर लिग सकाउनेछ ।

उता एक खेल अघि नै रेलिगेसनमा परिसकेको च्यासलले हार हारबाट लिग अन्त्य गरेको छ । लिगमा च्यासलको यो नवौं हार हो ।

च्यासलले अब अर्को सिजन बी डिभिजन लिग खेल्नेछ । १३ खेलमा जम्मा १ जित हात पारेको च्यासलले ६ अंकसहित पुछारमा रह्यो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?