+
+

निर्मल पुर्जा पर्यटन सद्भावना दूत नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १२ गते १८:१७

१२ फागुन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले हिमाल आरोही निर्मल पुर्जालाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको छ ।

बिहीबार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले पुर्जालाई विश्व सद्भावना दूत नियुक्त गरेको घोषणा गरेका हुन् ।

कार्यक्रममा पुर्जालाई नेपाललाई विश्व सामु चिनाउनका लागि महत्वपूर्ण योगदान दिएको भन्दै सम्मान पनि गरिएको थियो । मन्त्री आलेले पुर्जालाई नेपालको पर्यटनका लागि सद्भावना दूत घोषणा गर्न पाउनु आफ्नो कार्यकालको सबैभन्दा खुशीको क्षण भएको दावी गरे । उनले आरोही पुर्जाको साहसको सम्मान गर्दै आगामी दिनमा आफ्नै रेकर्डलाई ब्रेक गर्ने गरी अगाडि बढ्न शुभकामना व्यक्त गरे ।

कार्यक्रममा बोल्दै हिमाल आरोही निर्मल पुर्जाले मन्त्रालयले गरेको सम्मानले आफ्नो जिम्मेवारी थपिएको महशुस गरेको बताए । आगामी दिनमा पनि देशलाई विश्वमाझ चिनाउनका लागि आफुले योगदान गर्न चाहेको उनले उल्लेख गरे ।

पुर्जाले सर्वोच्च शिखर सगरमाथासहित ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमालहरु आरोहण गरी विश्व कीर्तिमान राखेका छन् । उनले बनाएको १४ पिक्स नथिङ इज इम्पोसिबल डकुमेन्ट्रीले विश्वभर चर्चा कमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?