
१२ फागुन, काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल पीएन अनन्थनारायणनबीच भेटवार्ता भएको छ ।नेपाल भ्रमणमा रहेका लेफ्टिनेन्ट जनरल अनन्थनारायणनबीच जंगी अड्डामा भेटवार्ता भएको हो ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार महारथी शर्माको कार्यालयमा भएको भेटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । नेपाली सेनाले यस किसिमको भेटघाटले दुई देशका सेनाबीच रहँदै आएको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ हुने बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4