+
+

नापोलीमाथि शानदार जितसहित बार्सिलोना अन्तिम १६ मा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १३ गते ८:१६

१३ फागुन, काठमाडौं । स्पानिस क्लब  बार्सिलोना इटालियन क्लब नापोलीमाथि शानदार जितसहित युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेको छ ।

बिहिबार राति भएको नकआउट राउण्ड प्लेको दोस्रो लेगमा नापोलीलाई ४-२ ले पाराजित गर्दै बार्सिलोना समग्रमा ५-३ ले विजयी भयो ।

पहिलो लेगमा बार्सिलोना १-१ को बराबरीमा रोकिएको थियो ।

नापोलीको मैदानमा बार्सिलोनालाई जिताउन जोर्डी अल्बा, फ्रेन्कि डी जोङ, जेरार्ड पिके र पियरिकएमरिकओबामेयाङले गोल गरे ।

नापोलीका लागि लरेन्जो इन्सिना र माटेअ पोलिटानोले गोल गरे ।

यो जितले बार्सिलोना प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । स्पेनकै सेभिया र रियल बेटिस पनि अन्तिम १६ मा प्रवेश गर्दा रियल सोसिडाड भने बाहिरिएको छ ।

अब अन्तिम १६ को लागि शुक्रबार ड्र गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?