+
+

फ्राइडे रिलिज : पल र पूजाको ‘म यस्तो गीत गाउँछु २’ हलमा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १३ गते ११:३२

१३ फागुन, काठमाडौं । चलचित्र ‘म यस्तो गीत गाउँछु-२’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ । कोरोना संक्रमणअघि नै निर्माण सम्पन्न भएको चलचित्रको प्रदर्शन यसअघि पटकपटक सरेको थियो ।

अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहेको चलचित्र निर्माण सकिएको दुई वर्षपछि देशव्यापी प्रदर्शनमा आएको हो । चलचित्रको बुधबार साँझ राजधानीमा प्रिमियर शो आयोजना गरिएको थियो । जहाँ अधिकांश चलचित्रर्मीले ‘म यस्तो गीत गाउँछु २’को खुलेर प्रशंसा गरेका थिए ।

सुदर्शन थापाको निर्देशन रहेको म्युजिकल लभस्टोरी चलचित्रमा पल र पूजाका साथमा हरिहर शर्मा, दिनेश डीसी, राजाराजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकाया लगायतको अभिनय छ । साढे दुई करोडको लगानी रहेको चलचित्रलाई सुदर्शन थापा र पूजा शर्माले निर्माण गरेका हुन् ।

यतिबेला यस चलचित्रको व्यापारलाई समग्र चलचित्रकर्मीले निकै चासोका साथ हेरिरहेका छन् । अभिनेता पल शाह कानुनी झमेलामा परेका कारण चलचित्रको व्यापारलाई त्यसले असर पुर्‍याउँछ कि पुर्‍याउँदैन भन्ने चासो आम चलचित्रर्मीमा छ ।

यता शुक्रबारदेखि नै बलिउड चलचित्र ‘गंगुबाई काठियावाडी’, हलिउड चलचित्र ‘अनचार्टेड’ र तमिल चलचित्र ‘वलिमै’ पनि हलमा लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?